१ कात्तिक, प्युठान । विवाहमा हुने फजुल खर्च कटाएर प्यूठानका एक दम्पत्तिले विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । दशैको घटस्थापनाका दिन विवाह गरेका प्यूठान खलंगा-४, का सन्देश आचार्य र लमही दाङ निवासी इश्वरा आचार्यले विद्यालयमा अक्षयकोषको स्थापना गर्नु भएको हो । उहाँहरुले महेन्द्र नमुना उच्च माध्यामिक विद्यालयमा ५० हजार ५० रुपैंयाको अक्षय कोष स्थापना गर्नु भएको हो ।
विवाहमा हुने भोजभतेर र तामझाम फजुल खर्च हुने भन्दै यसको सदुपयोगका लागि अक्षयकोष स्थापना गरेको सन्देश आचार्यले बताउनुभयो । असार महिनामा यसो गर्न खोजे पनि सामाजिक कारणले परिवारले नमानेको र आफुले राजी गराएर छात्रबृति कोष स्थापना गर्न सफल भएको उहाँले बताउनुभयो । स्थापना गरिएको सन्देश-इश्वरा अक्षय कोष गरिविका कारण पढाईमा समस्या भएका छात्रा छात्रलाई प्रदान गरिने सन्देशले बताउनुभयो ।
उक्त रकम बुधवार नवदम्पत्तिले विद्यालयका प्राचार्य पिताम्वर पौडेल र अध्यक्ष मनी बहादुर गुरुङलाई हस्तान्तरण गरेका छन् । आफुले कक्षा १० मा पढ्दा प्राप्त गरेको एक हजार रुपैंयाको छात्रबृत्तिबाट ‘साइटिफिक क्याल्कुलेटर’ किनेको स्मरण यस्तै उहाँले यसैबाट प्राभावित भएर नयाँ कामको शुरुवात गरेको बताउनुभयो
No comments:
Post a Comment